नोबेल काण्ड : विराटनगरका दुई पत्रकार कुटिए [UPDATE]

नोबेल काण्ड : विराटनगरका दुई पत्रकार कुटिए [UPDATE]

विराटनगर, १३ भदौ । नोबेल मेडिकल कलेज विराटनगरमा घुडाको अप्रेशन गर्ने क्रममा एक किशोरको मृत्यु भएपछि उत्पन्न तनावको समाचार संकलन गर्ने दुई पत्रकार गएराति कुटिएका छन् ।  मोरङ सौठाका १३ वर्षीय निरन्जन भनिने मुकुन्द तिम्सिनाको मृत्यु भएपछि गएराति अस्पतालमा भएको तनाव भिडियोमा रेकर्ड गर्ने सगरमाथा टेलिभिजनका अबिजाल विष्ट र एबी न्युज टेलिभिजनका प्रतिक श्रेष्ठ कुटिएका हुन् । पीडित पक्ष र चिकित्सकहरु बिच मध्य रातमा वार्ताका क्रममा भएका कुटाकुटको रेकर्ड गर्ने क्रममा कुटिएका हुन् । वार्तामा संलग्न डाक्टर प्रकाश सिटौलाले पत्रकारद्धय विष्ट र श्रेष्ठको भिडियो क्यामरा फुटाएको विष्टको भनाई छ । घुडामा भएको घाउको अप्रेशन गर्न आईतबार अप्रेशन थिएटर भित्र लगिएका तिम्सिनाको आईसीयुमा उपचार भई रहेको भन्दै अबिभावकलाई झुक्याएर हिजो बेलुका शब जिम्मा लगाइएपछि तनाव भएको थियो । आक्रोशित पीडितले अस्पतालमा तोडफोड गरेपछि प्रहरीले गएराति लाठी चार्ज गर्दा आधा दर्जन घाइते भएका छन् । बिरामीका कुरुवासमेत घाइते भएपछि रात भरी अस्पतालमा नाराबाजी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्