टेबल टेनिस प्रतियोगिता सुरु

टेबल टेनिस प्रतियोगिता सुरु

विराटनगर/ १३ भदौ । विराटनगरमा मंगलबार देखि तेस्रो अन्तर विद्यालय स्तरीय टेबल टेनिस प्रतियोगिता सुरु भएको छ । विराटनगर जुनियर जेसीसको आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि उद्योग वाणिज्य संघका अध्यक्ष महेश जाजुले गरेका थिए ।
प्रतियोगितामा मोरङ भरिका २१ निजी विद्यालयहरुकोे  जम्मा २ सय २७ विद्यार्थीहरु सहभागी भएका छन् । प्रतियोगिता भदौ १३ देखि ६ गतेसम्म सञ्चालन हुने जुनियर जेसीसका पुर्व अध्यक्ष सुमित श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको संयोजन सनराइज चौधरीले गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्