राप्रपा द्वारा बिरोध सहभा आयोजना

राप्रपा द्वारा बिरोध सहभा आयोजना

विराटनगर/१३ भदौ । आफ्ना ३० भन्दा बढि कार्यकर्ता पक्राउ गरेको विरोधमा राप्रपा नेपालले मंगलबार विराटनगर विरोध सभा गरेको छ ।
आफ्नो कार्यकतामाथि प्रहरीले दमन गरेको विरोध सँगै गणतन्त्र जस्तो गम्भिर विषयमा जनमत संग्रह गरिनु पर्ने, संविधान सभाको म्याद थप्नु नहुने लगायतका मागहरु सहित राप्रपाले विरोध सभा गरेको हो । सभामा महिला नेतृ कला घिमिरेले स्वागत मन्तव्य दिएकि थिइन । विरोध सभामा सहायक महामन्त्री प्रह्लाद प्रसाद साह, संगठन विभागका केन्द्रिय सदस्य दिनेश साह, उद्धव दाहाल लगायतले बोलेका थिए । विरोध सभा राप्रपाका जिल्ला अध्यक्ष डम्बर बहादुर कार्कीको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्