नोबेल काण्ड : नोबेलको अवस्था सामान्य

नोबेल काण्ड : नोबेलको अवस्था सामान्य

विराटनगर / १३ भदौ । नोबेल अस्पतालको लापरबाहिका कारण सोमबार एक १३ वर्षिय बालकको मृत्यु भए पछि तनाबग्रस्त बनेको नोबेल पिडित र अस्पताल पक्ष विच सहमति भए पछि सामान्य बनेको छ । तिघ्राको अप्रेशन गर्न नोबेल अस्पतालमा भर्ना भएका मोरङ सिजुवा निवासी कृष्ण प्रसाद तिम्सिनाका छोरा मुकुन्द तिम्सिनाको सोमबार फोक्सोको इन्फेक्सन भई मृत्यु भएको थियो । उनको आइतबार तिघ्राको हाडमा जमेको पिप (अस्टमाइराइटीस)को अप्रेसन भएको थियो ।
बालकको मृत्यु प्रति असन्तुष्ट करिब १ सय ५० सिजुवावासी सोमबार राति नै बस रिजर्भ गरि नोबेल प्राङ्गणमा आइपुगेका थिए । उनीहरुले अस्पतालको कमजोरीको कारण बालकको मृत्यु भएको भन्दै न्यायीक छानविन नभए सम्म आफुहरुले शव नबुझ्ने भनि अडान लिएका थिए । अस्पतालको मुल ढोकामा शान्तिपुर्ण धर्नामा बसेको सिजुवावासीलाई प्रहरीले लाठी चार्ज गरि हटाउने प्रयास गरेको थियो । लाठि चार्जबाट ११जना घाइते भएका थिए ।
अस्पतालमा भएको उक्त तनावको समाचार संकलन गर्न पुगेका सगरमाथा टेलिभिजनका पत्रकार अविजाल विष्ट र एभिन्युजका प्रतिक श्रेष्ठ कुटिएका छन् । आफुहरुलाई मृतकको अप्रेशनमा संलग्न डा.प्रकाश सिटौलाको समुहले कुटपिट गरेको पत्रकार विष्टले बताए । विष्टले आफुहरुलाई कुटपिट गर्नुको साथै आफ्नो प्यानासोनिक कम्पनिको भिडियो क्यामेरा समेत फुटाएर गायब पारेको आरोप लगाए ।
तनाव बिच अबेर राति पिडित पक्ष र अस्पताल प्रतिनिधिहरु विच भएको वार्तामा अस्पतालले आफ्नो गल्ति स्विकार गरेपछि दुबै पक्ष विच सहमति भएको छ । सहमतिमा अस्पताल पक्षले आगामी दिनहरुमा यस्तै प्रकारको गल्ति नगर्ने प्रतिवद्धता प्रकट गरेको छ ।
सहमति भए पछि मंगलबार विहान ११ बजे मृतकका आफन्तहरुले शव बुझेका छन् ।
यसै बिच पत्रकारहरु माथि भएको कुटपिट तथा दुव्र्यवहारको पत्रकार महासंघ मोरङले एक विज्ञप्ती प्रकाशन गरि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समाचार संकलन गर्ने पत्रकारहरुको नैसर्गिक अधिकार हनन गदै अस्पतालका चिकित्सकहरुबाट भएको गैर मानविय क्रियाकलापको महासंघले भत्सर्ना गर्दै दोषीलाई कारवाहिको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्