राष्ट्र बैंकको गभर्नरको नक्कली पिए पक्राउ

राष्ट्र बैंकको गभर्नरको नक्कली पिए पक्राउ

आफुलाई नेपाल राष्ट्र बैंकको गभर्नरको पिए गणेशमान श्रेष्ठको रुपमा परिचय दिई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसरी ठगी गर्ने कुपण्डोल ललितपुरका ४६ वर्षिय इश्वर बिक्रम सिंह पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले नक्कली भिजिटिङ्ग कार्ड र जय पृथ्वी बहादुर सिह इन्टरनेश्नल ह्युमेनेटरीयन अर्गनाइजेसन नामको लेटर प्याडसमेत बरामद गरेको छ । प्रहरी स्रोतको अनुसार उनी सोहि लेटरप्याडको प्रयोग गरि सिटि बैङ्कबाट चन्दा असुल गर्नेक्रममा पक्राउ परेका हुन् । उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्