प्रधानमन्त्री भट्टराईको शुरक्षामा मोरङका प्रहरी नायब उपरिक्षक

<span class='c1'>प्रधानमन्त्री भट्टराईको शुरक्षामा मोरङका</span> <span class='c2'>प्रहरी नायब उपरिक्षक</span>

विराटनगर/१३ भदौ । मोरङका प्रहरी नायब उपरिक्षक दिपक थापाको काठमाडौमा काज सरुवा भएको छ । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको सुरक्षा प्रमुख (पिएसओ)को लागि उनको काज सरुवा भएको हो । उनी मंगलबार नै काठमाडौ गइसकेका छन् । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले उनलाई टेलीफोन गरि झिकाएका हुन् । प्रधानमन्त्री भट्टराईसँग नजिक मानिएका थापा भट्टराई अर्थमन्त्री हुदा समेत उनको सुरक्षा प्रमुख भई कार्यरत थिए । प्रधानमन्त्रिका विश्वासीलो पात्र भएका कारण उनलाई टेलीफोन गरेरै बोलावट गरिएको बुझिएको छ । मोरङमा २ महिना अघि सरुवा भई आएका थापाको काज सरुवा पछि अब सुरक्षास्थिति र तस्करी नियन्त्रण जस्ता कार्य फितलो हुन सक्ने शंका उत्पन्न भएको छ । मोरङका प्रहरी प्रमुख प्रद्युम्न कार्की र उनको सहकार्य अघि बढि रहेको बेला अकास्मत उनी काजमा सरुवा भई जानुले पनि आशंका बढेको हो । केहि प्रहरी कर्मचारीहरुले भने प्रहरी प्रमुखको तडक भडक र अब्जस जति थापालाई नै थोपर्ने गरेकोले दिक्क बनेर काठमाडौ गएको बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्