आन्दोलन गर्ने बैद्य पक्षधर माओवादी पक्राउ

आन्दोलन गर्ने बैद्य पक्षधर माओवादी पक्राउ

विराटनगर, १६ भदौ । जनमुक्ति सेनाको क्यान्टोनमेनमा रहेको हतियारको साँचो प्रकृया नपुर्याइ विशेष समितीलाई वुझाएको विरोधमा यातायात वन्द गराउन खोज्ने एक दर्जन एककृत माओवादीका मोहन वैद्य पक्षधर कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार विराटनगको जनआन्दोलन चौकमा विहान साढे ९ वजे एकघण्टा वन्द गराउन सडकमा उत्रेका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको केहि घण्टा पछि उनीहरुलाई पुनः छाडिएको थियो ।
पक्राउ पर्नेहरुमा एमाओवादि कोचिला राज्य समिती सचिव कुशल लिम्वु , सचिवालय सदस्य महाविर महरा सदस्यहरु पप्पुखान , लगायत रहेका छन ।
वैध पक्षले कार्यकर्ता पक्राउ र हतियारको साँचो बुझाएको विरोधमा शुक्रवार साँझ मसाल जुलुससमेत प्रर्दशन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्