मुस्लिमहरुले समान व्यवहार र राज्यको सुविधा पाउनुपर्ने माग

मुस्लिमहरुले समान व्यवहार र राज्यको सुविधा पाउनुपर्ने माग

मुस्लिमहरुले पनि अन्य देशवासीले झै समान व्यवहार र राज्यको सुविधा प्राप्त गर्नु पर्ने मोरङका प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले बताएका छन् । उनले शनिवार नेपाल मुस्लिम युथ कमिटिले आयोजना गरेको इद मिलन कार्यक्रममा  यस्तो बताएका हुन् । अधिकारीले कार्यक्रममा बोल्दै धार्मिक अल्पसंख्यक मुस्लिमहरुले नेपालको हरेक कालखण्डमा भएको परिवर्तनहरुमा धार्मिक सहिष्णुता कायम गरि आएकोमा प्रशंसा गरे । अधिकारी कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।
मुस्लिम धर्मावलम्बीहरूको महान पर्व इदुलफित्रको उपलक्ष्यमा कमिटिले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै कमिटिका अध्यक्ष ह्यात आजमले आउने संविधानमा मुस्लिमहरुको हकहितका सवालहरु समेत समावेश गरिनु पर्ने माग राखे । उनले मुस्लिमहरुको शिक्षा, स्वास्थ्य, रोजगार लगायतमा सरकारले ध्यान दिनुपर्ने बताए । कार्यक्रम युथ कमिटिका संयोजक असद रजाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेकपा एमालेका बाबुराम कार्की, संयक्त राष्ट्र संघ मानव अधिकार उच्चायुक्तको कार्यालयका अधिकृत सतार अन्सारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घोषण कमिटि सचिव इमाम हैदरले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्