अदालत आक्रमणका दोशी पक्राउ

अदालत आक्रमणका दोशी पक्राउ

विराटनगर १८ भदौ । गत जेष्ठमा भएको जिल्ला अदालत आक्रमणमा किटानी जाहेरि परेका टकीसिनवारि २ का रिकी भन्ने प्रभाकरण रानामगर सहित ३ लाइ प्रहरिले आइतबार पक्राउ गरेको छ ।
विराटनगरको आदर्श वालीक स्कुलबाट जिल्लाप्रहरि कार्यलय मोरङको विषेस
प्रहरिले टोलीले उनीसहित टकी २ कै उमेश थापा मगर र विराटनगर ७ का सिद्धिकी
मामेहमद लाइ पनि पक्राउ गरिएको मोरङ प्रहरि प्रमुख प्रद्युम्न कार्कीले
बताउनुभएको छ । किटानी जाहेरि परेका थापामगर फरार रहेका थिए भने
सिद्धिकी  मोरङ प्रहरिबाट सोहि बेला मुद्धा चलाउनु नपर्ने भनी छुटेका थिए ।
प्रहरि प्रमुख कार्कीका अनुसार उमेस र सिघिकीको विषयमा अनुसन्धान सुरु भएको
छ भने रिकीलाइ मुद्धा चलाउने तयारि गरिएको छ । उनीहरु तिनै जना सगै पक्राउ
परेका हुन ।
पक्राउ परेका रिकि सहितको टोलीले आदर्श बालिका विद्यालयका शिक्षक चौधरीलाई पटक पटक अपहरण गर्ने प्रयास गरेको विद्यालय व्यवस्थापन सकितिका अध्यक्ष जफर जमालीले बताएका छन् । उनले विद्यालयको मर्यादा समेत नहेरी यस्तो कार्यमा संलग्न बाकिलाई पनि पक्राउ गरि कार्वही गर्न प्रहासन समक्ष माग गरेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्