बिटल्स कार र्याली विराटनगरमा

बिटल्स कार र्याली विराटनगरमा

विराटनगर/ २१ भदौ । बिटल्स कार र्यालीका सहभागीहरु बुधबार विराटनगर आइपुगेका छन् । आनबग(एशोसेसन अफ नेपाल बिटल्स युजर ग्रुप)को आयोजनामा गत भदौ २० गते काठमाडौको दरबारमार्ग स्थित होटल अन्नापुर्णाबाट सुरु भएको थियो । २४ वटा कारमा सवार ६३ जना सहभागी उक्त र्याली काठमाडौबाट भारतको सिक्किम, गान्तोकसम्म पुग्ने आनबगका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले बताए । उनको अनुसार नेपालमा हाल करिब ८० वटामात्र बिटल्स कारहरु छन् । करिब ३ दशक अघि निर्माण बन्द भएको बिटल्स हाल लोपोन्मुख झै भएकोले यसको संरक्षणका गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष ३ वटा अलग अलग प्रकारको र्याली आयोजना गर्ने गरेको कक्षपतिले जानकारी दिए ।  बिटल्स ¥यालीलाई विराटनगरमा नेपाल बजार र मोरङ अटो वर्कसले स्वागत गरेको थियो ।
जर्मनी अटो कम्पनी भल्सवागनको बिटल्सलाई दोस्रो विश्व युद्ध ताका जर्मनका तानाशाह एडल्फ हिटलरको निर्देशनमा निर्माण गरिएको हो । यसको निर्माण सन् १९७६ देखि नै बन्द भएको हो ।

 

गोपाल सुन्दरलाल कक्षपति, (अध्यक्ष) आनबग
नेपालसँग मिल्दो जुल्दो हावा पानी, भाषा, संस्कृति भएको भारतको सिक्किमको गान्तोकसम्म जान पाउदा म निक्कै उत्साहित भएको छु । काठमाडौ देखि विराटनगर आइपुग्दा पनि एकदमै रमाइलो भयो । पुरानो गाडिमा यात्रा गर्दाको अवसर एकदमै रोमाञ्चक महसुस भयो । यात्राको क्रममा नयाँ साथीहरुसँग चिनाजाना भइरहेको छ र धेरै जना मिलेर एकै पटक यात्रा गर्नु रमाइलो हुनुको अर्को कारण हो ।

भुमिका शाह, उद्घोषिका (रेडियो कान्तिपूर)
मैले यो र्यालीबाट मेरो अपेक्षा भन्दा धेरै नै पाएको छु । यसको सबै भन्दा राम्रो पक्ष भनेको हामी सबैको साझा इच्छाको रुपमा रहेको बिटल्स कारको अस्तित्व जोगाउनु नै हो । हामीलाई बिटल्स कारले दिएको खुसी बाड्न पनि हामी यो र्यालीमा सहभागी भएका हौ । नयाँ मानिसहरुसँगको चिनाजाना अनि भेटघाटले झन उत्साहित बनाएको छ । यस प्रति मानिसहरुको माया पनि एकदमै धेरै देखिएको छ ।

सातष टन्डुकार, व्यापारी
यात्रा एकदमै राम्रो भईरहेको छ । यो ¥यालीले विशेष सन्देश बोकेको भएकाले पनि हामी सम्पुर्ण सहभागीमा अलग्गै उत्साह थपिएको छ । यस यात्राबाट नेपाल र भारतको सम्बन्ध बिस्तार गर्नका साथै हामी बिटल्स कारका धनीहरु बिचको सम्बन्ध समेत बिस्तार गरेको छ । साथ साथै यसले नेपालको प्रचार भारतिय बजारमा समेत गर्नेछ ।

सुरेन्द्र महर्जन, सहभागी
निर्माण नै बन्द भइसकेको पुरानो गाडिको यात्रा एकदम रमाइलो छ । यो मेरो पहिलो बिटल्स र्याली हो त्यसैले काठमाडौ देखिको यहाँसम्मको यात्रा एकदमै रोचक लागि रहेको छ । यो यात्रा सिक्किम पुग्दा अझ रमाइलो हुने आशा गरेको छु । यसले हामीले धेरै माया गर्ने हाम्रो बिटल्स कार प्रतिको हाम्रो मोह पनि झल्काएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्