क्याम्पस प्रमुख कै लाईसेन्स खोसियो

क्याम्पस प्रमुख कै लाईसेन्स खोसियो

विराटनगर, २३ भदौ । विद्यार्थीले सवारी नियम उल्लंघन नगरुन भनेर विराटनगरमा ट्राफिक प्रहरीले कडाई गरिरहेको बेला नियम उल्लंघन गर्ने क्याम्पस प्रमुखनै फेला परेका छन् । क्याम्पस जाने विद्यार्थीले मोटरसाइकल जथाभाबि चलाउन थालेपछि ट्राफिकले चेकजाच गर्दा भेटिएका सवारी नियम उल्लंघन गर्ने क्याम्पस प्रमुखको लाईसेन्स खोसिएको छ । क्याम्पसबाट निस्कीएर हेल्मेट नलगाई घर तर्फ जादै गरेका सीटी कलेज विराटनगरका प्रमुख तिर्थराज घिमिरेको लाईसेन्स खोस्नु परेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक अबदेश बिष्टले बताउनु भयो । क्याम्पस जाने विद्यार्थीलाई विराटनगरमा हिजो र आज चेक जा“च गर्दा हेलमेट नलगाएका, लाईसेन्स नभएका र तीन जना सवार २३ वटा मोटरसाईकल ट्राफिकले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्