आलम पक्राउ परेकोमा बिरोध

आलम पक्राउ परेकोमा बिरोध

विराटनगर, २३ भदौ ।  अपहरण गरि ज्यान मार्ने धम्की दिएको आरोपमा परवेज आलमलाई पक्राउ गरेको घटना प्रति मोरङ मदरसा समन्वय समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समितिले शुक्रबार पत्रकार सम्मेलन गरि यस्तो बताएको हो । समितिका मोरङ अध्यक्ष आलमलाई गत भदौ २० गते मोरङ प्रहरीले खमानसिहं बोहोरालाई अपहरण गरि १०लाख माग गरेको भनी  बोहोरले हालेको उजुरीको  आधारमा पक्राउ गरेको थियो ।
समितिले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको विज्ञप्तीमा बोहोरा आफै चोखो नभएको भन्दै उनले गरेको उजुरीलाई सत्य नमानी प्रहरीले अनुसन्धान गरी थप यथार्थ पत्ता लगाउनु पर्ने उल्लेख गरेको छ । समितीले जारी विज्ञप्तीमा बोहोराले गरेको विभिन्न ठगी तथा जालसाजीलाई १० बुँदामा प्रस्तुत गरी त्यसलाई पुष्टि गर्ने कागजातहरु समेत प्रस्तुत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्