शिक्षा पदकबाट सम्मानित

शिक्षा पदकबाट सम्मानित

विराटनगर, २३ भदौ । शिक्षा मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय शिक्षा पदकबाट मोरङ जिल्लामा विभिन्न व्यक्तिहरु सम्मानित भएका छन् । शिक्षा दिवस तथा साक्षरता दिवसको अवसरमा सम्मानित हुनेहरुमा सरस्वती उच्च मावि दादरवैरिया विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप अग्रवाल छन् । उनी दुई कार्यकाल देखि अध्यक्ष छन् । विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक संरचनामा उल्लेखनिय सहयोग पुर्याएबापत मन्त्रालयले उनलाई सम्मान गरेको हो । सम्मानित हुने अन्यमा लेटाङ ६ निवासी शिक्षा प्रेमी बृख बहादुर लिम्बु, महेन्द्र मोरङ क्याम्पसका उप प्रध्यापक देवि प्रसाद निरौला, पुर्वाञ्चल क्षेत्रीय परिक्षा नियन्त्रण कार्यालयका वरिष्ठ सहायक बन्दना ढकाल, सिहंवाहिनी उच्चमाविका प्रधानाध्यापक प्रेम बहादुर अधिकारी छन् । संस्थागत विद्यालयका तर्फबाट मोरङमा ब्राइट फ्युचरका संस्थापक प्रिन्सिपल टिकाराम ढकाल छन् । उनी प्याब्सन मोरङका सचिवसमेत छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्