लायन्स क्लबद्वारा विराटेश्वर वृद्धाश्रममा खाद्यन्न वितरण

लायन्स क्लबद्वारा विराटेश्वर वृद्धाश्रममा खाद्यन्न वितरण

विराटनगर, २३ भदौ । लायन्स क्लब अफ विराटनगर एक्टिभले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा विराटनगरस्थित विराटेश्वर वृद्धाश्रमका वृद्धवृद्धाहरूलाई खाद्यन्न वितरण गरेको छ ।
वृद्धाश्रममा आयोजित कार्यक्रममा विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत रामाधीन यादव, फूलकुमार लालवानी, सुरेन्द्र गोल्छा, एक्टिभका पदाधिकारीलगायतले दाल, चिनी, आलु, तेललगायतका खाद्यन्न वृद्धाश्रमका अध्यक्ष जगत अर्याललाई हस्तान्तरण गरेका थिए । २० हजार रुपैयाँबराबरको खाद्यन्न खरिदका लागि एक्टिभका सदस्य खेम नेपाल, भगतला श्रेष्ठ, नारायण पराजुली, सुशील रौनियार र भुपेश बरालले आर्थिक सहयोग गरेका थिए ।
सो अवसरमा रामाधीन यादव, फूलकुमार लालवानी, सुरेन्द्र गोल्छा, देवकिसान मुन्दडा, खेमराज नेपाल, रेवतबहादुर कार्की, तारा राई, लीला ढुंगेल, भगवती थापा, भीम घिमिरे, लोकेन्द्र तिम्सिना, दुर्गा चापागार्इं, जगत अर्याल, लीना उपाध्यायलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्