युवा अभियानले निर्वाचन मतदाता दर्ता शिक्षा समन्वय बैठक आयोजना

युवा अभियानले निर्वाचन मतदाता दर्ता शिक्षा समन्वय बैठक आयोजना

विराटनगर, २३ भदौ :युवा अभियानले निर्वाचन मतदाता दर्ता शिक्ष्।ा सरोकारवाला संघ संस्थाहरूसँगको समन्वय बैठक सम्पन्न गरेको छ ।
युवा अभियानका विराटनगर रणनैतिक कार्यक्षेत्र संयोजक विशाल राईले युवा अभियान र विराटनगर उपमहानगरपालिकाभित्र १६ देखि २९ वर्षका युवालाई लक्षित गरी सञ्चालन गर्न लागेको निर्वाचन मतदाता दर्ता शिक्ष्।ा कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
त्यस्तै युवा अभियानका प्रोग्रम म्यानेजर प्रकाश प्याकुरेलले आइएफइएस प्रोजेक्टअन्तर्गतको कार्यक्रममा १० जना स्वयमसेवकमार्फ्त २०११ डिसेम्बरभित्र ६ हजार युवाहरूमाझ पुगने लक्ष्य रहेको जानकारी गराएका थिए । कार्यक्रममा मोरङ जिल्ला निर्वाचन आयोगका प्रमुख विनोद दाहालले निर्वाचन आयोगले चलाएको निर्वाचन मतदाता दर्ता कार्यक्रमको अवस्था र गतिविधिबारे बैठकमा सहभागीहरूलाई अवगत गराएका थिए  ।
उक्त बैठकमा टोल नगर समन्वय समितिका संयोजक केदार कार्की, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले कार्यक्रम प्रभावकारी बनाउन सल्लाह सुझाव दिंदै सहकार्यको प्रतिबद्धता व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्