मतदाता शिक्षा कार्यक्रम आज कोबासमा सम्पन्न

मतदाता शिक्षा कार्यक्रम आज कोबासमा सम्पन्न

बिराटनगर, २६ भदौ । फोटो सहितको मतदाता शिक्षा कार्यक्रमको आज पहिलो दिन कोबास कलेजको कार्यक्रम सम्पन्न भएको छ ।  विगतका निर्वाचनमा भेटिएका विभिन्न त्रुटिहरुलाई पुनस् दोहोरिन नदिन तथा राष्ट्रिय परिचय पत्र निर्माण गर्न भईरहेको १६ वर्ष भन्दा माथिका नागरिकहरुको विद्युतिय प्रविधि बाट फोटो सहितको नामावली तथा व्यक्तिगत विवरण संकलन कार्यक्रमलाई अझ चुस्त वनाउने उद्येश्यसाथ युवा अभियान बिराटनगर र निर्वाचन आयोगको सहकार्यमा यस्तो कार्य सुरु गरिएको हो । युवा यभियान बिराटनगरका सुरज सुवेदी, सविन चिमरिया, बदी प्रसाद राजवंशी, उमा दहाल, सुमन राई, पंकज सिंह, गोविन्द पाण्डे, रोशन दुलाल, अनुशा न्यौपाने र रबिना न्यौपाने गरी १० जना सहजकर्ताहरुले कोबासका विद्यार्थीहरुलाई मतदाता नामावली सम्बन्धि शिक्षा प्रदान गरेका थिए । उनीहरुले ४० विद्यार्थी क्षमताका ७ वटा कक्षा सञ्चालन गरेका थिए जस अन्तर्गत करिब २८० जना विद्यार्थीहरुले मतदाता शिक्षामा सहभागी भएको युवा अभियान विराटनगरका विशाल राईले जानकारी दिए । सहभागी विद्यार्थीहरुमध्ये अधिकाशंसँग नागरिकता नै नभएको तथा मतदाता नामावली  संकलन भईरहेको सम्वन्धि अनविज्ञ रहेको सहजकर्ताहरुले बताए ।
कार्यक्रममा सहजकर्ताहरूले मतदाता नामावली भनेको के हो , मतदाता हुनको लागी के योग्यता चाहिन्छ , मतदाता नामावलीमा नाम लेखाउनुको औचित्य के हो , नाम दर्ताको लागी के प्रमाण चाहिन्छ? भन्ने जस्ता सम्वन्धमा प्रष्ट पारेका थिए । समग्रमा कार्यक्रम उपलव्धीपुर्ण भएको वताउदै सहजकर्ता उमा दाहालले भनिन् ‘सहभागीहरुको उत्साहले पनि कुरा वुझाउन सहज भयो’ । कार्यक्रममा सहभागी विद्यार्थी कुशल बनले आफ्नै कक्षाकोठामा आएर कार्यक्रम सञ्चालन भएकाले सिक्न सहज भएको भन्दै खुसि व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्