एकदलिय शासन लाद्ने प्रयासमा: शुसील

<span class='c1'>एकदलिय शासन लाद्ने</span> <span class='c2'>प्रयासमा: शुसील</span>

विराटनगर, भदौं २६ । नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाले शान्ति प्रकृया टुंगिनु आगाबै संविधान जारी गरेर एकीकृत माओवादीले शिबिरमा रहेका लडाकुलाई चुनावमा प्रयोग गरी एकदलिय शासन लाद्न खोजेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस यूनियन मोरङले आज कोइराला निवास विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति कोइरालाले काँग्रेसले शिविर खाली नभएसम्म जस्तोसुकै अवस्थामा संविधान जारी हुन नदिने प्रष्ट पार्नुभयो ।उहाँले माओवादीले शान्ति प्रकृया नटुंग्याइ संविधान जारी गर्नु खोज्नुले उसको नियत सही नभएको बताउदै प्रजातन्त्रको निम्ति नेपाली काँग्रेसले कसैसंग सम्झौता नगर्ने बताउनुभयो । शान्ति प्रकृया नटुंग्याएर माओवादीले शिबिरमा रहेका लडाकु र हतियार प्रयोग गरी चुनाव जित्ने र एकदलिय शासन लाद्ने कोसिस गरिरहेको उहाँले आरोप लगाउनुभयो ।संविधान निर्माणका लागि धेरै कुरा अगाडी बढेको जानकारी दिदै कोइरालाले शान्ति प्रकृयाका कुरा भने धेरै बाँकी रहेको बताउनुभयो । पहिले शान्ति प्रकृया टुंगोमा पुग्नुप¥यो, अनि मात्रै संविधान जारी हुन्छ’–उहाँले भन्नुभयो ।माओवादीले हरेक वहाना झिकेर कुरा अड्काउन खोजेको र शान्ति प्रकृया र संविधान निर्माणका विषयलाई अघि बढाउने बल माओवादीको कोटमा रहेको जिकिर गर्नु भयो । प्रजातन्त्रको मुलभूत कुरामा कुनै सहमती हुँदैन कोइरालाले भन्नुभयो–प्रजातन्त्र माओवादीलाई चाँदीको किस्तीमा बुझाउन सकिदैन, बाँकी कुरामा हामी वार्ता मार्फत टुंग्याउन सक्छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्