मतदाता शिक्षा आज लर्डबुद्धमा समपन्न

मतदाता शिक्षा आज लर्डबुद्धमा समपन्न

बिराटनगर, २७ भदौ । फोटो सहितको मतदाता शिक्षा कार्यक्रमको अन्तर्गत मंगलबार युवा अभियानका सहजकर्ताहरूले लर्डबुद्ध कलेजका विद्यार्थीहरुलाई मतदाता शिक्षा प्रदान गरेका छन् । निर्वाचन आयोगले सुरु गरेको फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकाहरूलाई विवरण दर्ता गर्न प्रोत्साहन गर्ने तथा विगतका निर्वाचनमा भेटिएका विभिन्न त्रुटिहरुलाई पुनस् दोहोरिन नदिन उद्येश्यसाथ युवा अभियान बिराटनगर र निर्वाचन आयोगको सहकार्यमा यस्तो कार्य सुरू गरिएको हो । लर्डबुद्ध कलेजको १० वटा कक्षामा सञ्चालन गरिएको कक्षालाई युवा यभियान बिराटनगरका सुरज सुवेदी, सविन चिमरिया, बदी प्रसाद राजवंशी, उमा दहाल, रोशन दुलाल, अनुशा नेउपाने र रवीना नेउपानेलगायत १० जना सहजकर्ताहरुले विद्यार्थीहरूलाई मतदाता नामावली सम्बन्धि शिक्षा प्रदान गरेका थिए । मंगलबार नै युवा अभियानका सहजकर्ताहरूले ग्रिनल्याण्ड कलेज र अर्किड कलेजमा समेत केहि कक्षा लिएका थिए । उनीहरुले ४० विद्यार्थी क्षमताका १० वटा कक्षा सञ्चालन गरेका थिए । युवा अभियानको यस कार्यक्रमबाट मंगलबारमात्र करिब ४०० जना विद्यार्थीहरुले मतदाता हासिल गरेको सहजकर्ता सुरज सुबेदीले जानकारी दिए ।
यसै अन्तर्गत भोली शिक्षाद्वीप, एमएम र बिराट म्यानेजमेन्ट कलेजमा कार्यक्रम सञ्चालन गरिने युवा अभियानका विशाल राईले बताए । उनको अनुसार विराटनगर भरीका करिब २९ कलेजका विद्यार्थीलाई यस शिक्षा प्रदान गरिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्