अवैध समान पक्राउ

अवैध समान पक्राउ

विराटनगर, २८ भदौ । भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याएको तेल र मल प्रहरीले मोरङको महादेवाबाट प्रक्राउ गरेको छ ।
भन्सार छलेर ल्याउँदै गरेको  १० टिन टाईगर ब्राण्डको खानेतेल र ४ बोरा युरिया मल प्रहरीले पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले पक्राउ गरेको उक्त सामग्री  २४ हजार मूल्यबराबरको जनाइएको छ । प्रहरीको भेन देखेपछि तस्करहरू साइकल छाडेर भागेपछि सो सामग्री पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ गरिएको सामान रानी भन्सार कार्यालय विराटनगरमा बुझाइएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक यामबहादुर पौडेलले बताए । सरकारले चोरीपैठारी रोक्न सीमाक्षेत्रमा कडाई गरेपछि तस्करहरूले वैकल्पिक स्थानबाट सामान भारतबाट नेपालमा भित्र्याउने गरेका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्