नेपाललाई सधै सहयोग गर्ने :भारतीय राजदुत

नेपाललाई सधै सहयोग गर्ने :भारतीय राजदुत

विराटनगर २८ भदौ । भारतीय राजदुत जयन्तप्रसादले नेपालका हरेक विकासकार्यमा सहयोगी बन्ने बताउनुभएको छ । आज आर्दश उच्च मावि बिराटनगरको विद्यालय भवन निर्माणको शिलान्याका लागी आउनुभएका राजदुत प्रसादले सो कुरा बताउनु भएको हो । राजदुतले अहिले ७ वटा लघु विकासका परियोजना  नेपाललाई दिएको र ३ वटा सकिएको र ४ वटा चालुमा रहेको त्यसलाई पनि चाडो सक्नु पर्नेमा जोड दिनु्भयो । यसैविच नेपाली काग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोईरालाले आर्दश स्कुलको परिसरमा रहेको पिता स्वर्गिय कृष्णप्रसाद कोईरालाको प्रतिमामा माल्र्यापण गर्दै  आर्दश स्कुलले ऐतिहासिक महत्व बोकेको  र यस विद्यालयलबाट  धेरै जना ब्यक्तिहरु प्रधानमन्त्री देखी ठुला नेता सम्म भईसकेको हुनाले यस विद्यालयको महत्व भएको बताउनु भयो । शिलान्यास गरिएको भवनको निर्माण लागत ३ करोड १६ लाख ४५ हजार रहेको र १५ महिना भित्रमा सम्पन्न गरिसक्नु पर्ने सम्झौता भएको छ  । भवन निर्माणका लागि गत बर्षको भदौ ३० गते सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्