ख्याती श्रेष्ठको सम्झनामा छात्रवृत्ति

ख्याती श्रेष्ठको सम्झनामा छात्रवृत्ति

विराटनगर, २९ भदौ । २ वर्ष अघि काठमाडौमा अपहरण पछि हत्या गरिएकी ख्याती श्रेष्ठको सम्झनामा उनका अभिभावकहरुले स्थापना गरको ख्याती श्रेष्ठ स्मृती एसएलसी वर्षसम्मान छात्रवृत्ति सिदार्थ शिशु सदनकी छात्रा युनिसा खड्काले पाएकी छिन् । प्रत्येक वर्ष बाल दिवसको अवसरमा सिदार्थ शिशु सदनबाट एसएलसीमा उच्च अंक ल्याउने एक जना छात्रालाई ११ हजार एक सय एघार रुपैया पुरस्कार राशीको सो छात्रवृत्ति प्रदान गरिने गरिन्छ । सिदार्थ शिशु सदनको हलमा आयोजना गरिएको छात्रवृत्ति वितरण कार्यक्रममा ख्याती श्रेष्ठको पारिवारिक निकटतम तथा विजयपुर उच्च माध्यमिक विद्यालय धरानका कार्यकारी अध्यक्ष केशवराज नेपालीले युनिसालाई छात्रवृत्ति प्रदान गरेका थिए । कार्यक्रम सिदार्थका संस्थापक प्रिन्सिपल रोबर्ट शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्