मोरङबाट एसएलसी उत्कृष्टलाई सम्मान

मोरङबाट एसएलसी उत्कृष्टलाई सम्मान

विराटनगर, २९ भदौ । मोरङ जिल्लाबाट एसएलसीमा उत्कृष्ठ भएका तिन छात्र छात्रालाई एनप्याब्सन मोरङले सम्मान साथै पुरस्कृत गरेको छ । बाल दिवसको अवसरमा विराटनगर उपमहानगरपालिकाको सभाहलमा एनप्याब्सनले आयोजना गरेको कार्यक्रममा उत्कृष्ठ छात्रछात्रालाई सम्मान गरेको हो । सम्मानीत हुनेहरुमा बिकेभिएमका छात्र सौरभ लुइटेल, सप्तकोशी ईग्लिस बोर्डिङ स्कुलकी छात्राद्वय योजना बम्जन र ओमकुमारी राजवंशी छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा विराटनगर उपमहानगरपालिकाका कार्यकारी प्रमुख रामाधिन यादवले जनही १५सय रुपैया तथा प्रशंसापत्र प्रदान गरि सम्मान गरे । युवराज अधिकारीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षा कार्यालयका विद्यालय निरिक्षक महेन्द्र शाक्य, शैक्षिक सहयोगी संस्थाका अध्यक्ष राजेन्द्र ढकाललगायतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्