वाणीले गर्यो विद्यार्थी सम्मान

वाणीले गर्यो विद्यार्थी सम्मान

विराटनगर, ३० भदौ । वाणी प्रकाशनले मोरङ जिल्लामा सामुदायिक विद्यालयबाट एसएलसीमा उत्कृष्ठ अंक ल्याउने छात्रालाई सम्मान तथा छात्रवृत्ति प्रदान गरेको छ । प्रकाशनले शुक्रवार एक कार्यक्रम आयोजना गरि ‘श्री तुलसादेवी भट्टराई स्मृती ग्रामीण छात्रा प्रोत्साहण वाणी पुरस्कार’ मोरङ वयरबन रमाइलोस्थित जनसेवा उच्च माविबाट एसएलसी दिएकि छात्रा मनिता भट्टराईलाई प्रदान गरेको हो । उक्त अवसरमा उनलाई नगद रू.१० हजार सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा कवि कृष्ण भुषण वलले उनलाई प्रशंसा पत्र तथा छात्रवृत्ति रकम हस्तान्तरण गरे । त्यसै गरि सोहि कार्यक्रममा साहित्यकार खोलाघरे साइलोद्वारा स्थापित श्री मोहनलाल मनोरमा स्मृती वाणी सम्मान २०६७ बाट तेह्रथुमकी साहित्यकार डा. शिवमाया तुम्बाहाम्बे सम्मानीत भएकि छिन् । बरिष्ठ भाषाशास्त्री बालकृष्ण पोखरेलले तुम्बाहाम्बेलाई नगद रू.३५ सयका साथ सम्मानपत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्