भाईको मृत्युवापतको रकम हत्याउन बुहारीको अपहरण प्रयास

भाईको मृत्युवापतको रकम हत्याउन बुहारीको अपहरण प्रयास

विराटनगर, ३१ भदौ । बिमा रकमको पैसा हत्याउन आफ्नो अपहरण गरी हत्या गर्ने प्रयास गर्ने जेठाजु हरिबहादुर भण्डारी विरुद्धको मुद्दा फिर्ता लिन फोनबाट बारम्बार दबाब आइरहेको बुहारी ममता भण्डारीले पत्रकार सम्मेलन गरी बताएकि छिन् । मोरङको हसन्दह ३ बस्ने हरिबहादुरले गत भदौ २५ गते ममतालाई विराटनगर ७ रामपुरस्थित उनको भाडामा बस्दै आएको घरबाटै अपहरण गर्ने प्रयास गरेका थिए । ‘४ वटा मोटरसाइकल र एक भ्यानमा १० जना गुण्डाहरुका साथमा आएका जेठाजुले मलाई लछार पछार गरी जबरजस्ती भ्यानमा हाल्ने प्रयास गरेका थिए’ ममताले सुनाइन् ‘चिच्याएर सहयोग मागेपछि गाँउलेले छुटाएर बचाए, लगेर मार्छन भन्ने डर थियो ।’ गाँउले जम्मा भएर घेरा हाले पछि मोटरसाइकल र भ्यानमा रहकाहरु भाग्न सफल भए पनि हरिबहादुर र उनीसँगै आएका भोजपुर श्यामसिलाका अशोक राइलाई भने गाँउलेले समातेर प्रहरीलाई बुझाएका थिए ।
हरिबहादुर र अशोक राई पक्राउ परिेपछि भाग्न सफल भएका गुण्डाहरुले फोन गरी आफुलाई दर्ता गरेको मुद्दा फिर्ता लिन दबाब दिई रहेको र त्यसो नगरे आफुहरुले जे पनि गर्न सक्ने धम्की दिइरहेको ममताले पत्रकार सम्मेलनमा बताइन् ।
वैदेशिक रोजगारको क्रममा दुई बर्ष अघि कतारमा दुर्घटनामा परि मृत्यु भएका ममताका पति लक्ष्मणबहादुर भण्डारीको जिवन बिमाबापत आएको रकम ३८लाख छयासठ्ठि हजार रुपैया मध्ये जिल्ला प्रशासन कार्यालय भोजपुरले ३०लाख रुपैया उनका दुई छोरीको नाममा र बाकि ८लाख छयासठ्ठि हजार रुपैया ममता र छोरीहरु तिनै जनाको संयुक्त नाममा बैंक खातामा जम्मा गरी दिएको थियो । ममताका ४ र ८ वर्षका गरि दुई छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्