डाइबेटिज क्लबद्वारा निशुल्करुपमा मधुमेह जाँच

डाइबेटिज क्लबद्वारा निशुल्करुपमा मधुमेह जाँच

विराटनगर, ३१ भदौ । गोल्डेन डाइबेटिज क्लबले शनिवार निशुल्करुपमा मधुमेह जाँच गरको छ । गरीब तथा निमुखाहरुलाई मधुमेहको उपचारमा सहयोग गर्ने उद्देश्यसाथ गोल्डेन अस्पतालमा स्थापना गरीएको उक्त क्लबले शनिबार १५० जनाको मधुमेह जाँच गर्नुको साथै मधुमेह रोगीले सेवन गर्नु पर्ने औषधी समेत निशुल्करुपमा वितरण गरीएको थियो ।
जाँच गर्दा पहिले भोको पेट र पछि मधुमेह रोगीले खानु पर्ने खाना निशुल्करुपमा खुवाएर पुनः मधुमेहको जाँच गरिएको कार्यक्रम संयोजक दिनेश ठाकुरले जानकारी दिए । उनका अनुसार क्लबका सदस्यहरु मध्ये ३०० जना सदस्यहरुले नाम दर्ता गरेका थिए जस मध्ये बाकी रहेका १५० जनाको मधुमेह जाँच अर्को साता गरिने छ । डाक्टर स्यामकुमार रौनीयारले मधुमेह रोगीहरुको निशुल्करुपमा जाँच गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्