व्यापारीसँग पत्रकारको हार

व्यापारीसँग पत्रकारको हार

विराटनगर, ५ असोज । प्रस्तावित श्री जय संसारीमाई स्पोर्टिङ क्लब रङ्गेलीको आयोजनामा स्थानीय पब्लिक उच्च माविको खेल मैदानमा प्रथम दशै तिहार खेलकुद महोत्सव विहिबार देखि सुरु भएको छ ।
विहिवार भएको उद्घाटन खेलमा रङ्गेली व्यापार प्रवन्ध समिति विजयी भएको छ । उसले मोरङ पत्रकार महासंघलाई शुन्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । व्यापारीको तर्फबाट विकास काफ्ले र धनेश्वर राजवंशीले २–२ गोल तथा गोपाल खड्काले १ गोल गरेका थिए ।
असोज १४ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा विराटनगरको एक र रङ्गेलीका नौ गरि दश टिमको सहभागीता रहेको आयोजकले जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई १५ केजिको खसी र दोश्रो हुने टिमलाई १० केजिको कुखुराको भाले तथा प्रमाणपत्र वितरण गरिने छ । सुक्रबार हुने खेलमा इलाका प्रहरी कार्यालय रङ्गेली र विद्युत कर्मचारी संघ रङ्गेली विच प्रतिश्पर्धा हुने आयोजकले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्