विराटनगर ५ भदौ । विराटनगरको सिघिया खोलामा गत ३ गते नुहाउने क्रममा बेपता भएका एक बालकको शब विहिबार विराटनगर ११ मा सोहि खोलामा फेला परेको छ । विराटनगरमा अबिरल बर्षाका कारण खोलामा बाढि आएको र नुहाउन गएका बखत बिराटनगर पोखरियाका दिलिप साहको १३ वर्षिय छोरा बिशाल साह विराटनगर १ को शान्तिी चौक नजीक बाट खोलाको बाढिले बगाउदा बेृपता भएका थिए ।
उनको मृत शब विहिबार प्रहरीले विराटनगर ११ मा फेला पारेको जिल्ला प्रहरी कार्यलय मोरङले बताएको छ ।