ट्राफिक प्रहरीको अन्र्तक्रिया

ट्राफिक प्रहरीको अन्र्तक्रिया

बिराटनगर , असोज ६ । बिराटनगरका बिभिन्न पेशाकर्मीहरुले बिराटनगरको ट्राफिक ब्यवस्थापन चुस्त राख्नका लागि ट्राफिक प्रहरीको जनशक्ति बढाइ बहुपार्किङको ब्यवस्था गर्न सुझाब दिएका छन । क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरको आयोजनमा मोरङ ब्यापार संघमा गरिएको ट्राफिक ब्यवस्थापन संवन्धि अन्र्तक्रियामा सहभागि पेशाकर्मी तथा बुद्धीजिबिहरुले बिराटनगरमा ट्राफिक ब्यवस्थापनमा चाँडै बिचार नगर्ने हो भने बिकराल समस्या आइपर्ने बताएका छन । मोरङ ब्यापार संघका अध्यक्ष अबिनास बोहोराले बिराटनगरका संदेनशिल तथा बैकिङ क्षेत्रमा एक तर्फी बाटोको ब्यवस्था हुनुपर्ने बताउनु भयो । अन्र्तक्रियामा सहभागिले बिराटनगरमा भइ रहेको सशुल्क पार्कीङ अव्यवस्थित भएकाले ब्यवस्थीत गर्न सुझाब दिए । अन्र्तक्रियामा क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी सुरेन्द्रबहादुर शाह , मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल , मोरङका प्रहरी प्रमुख प्रद्युम्न कार्की , बिराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत रामाधिन यादब लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्