सुरक्षा तथा कानुनी शासन संवाद केन्द्र फेज आउट

सुरक्षा तथा कानुनी शासन संवाद केन्द्र फेज आउट

विराटनगर, ६ असोज । सुरक्षा तथा कानुनी शासन संवाद केन्द्रको समयावधि सकिएपछि मोरङबाट केन्द्रको कार्यालय हटेको छ ।
युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिसले नमुनाको रूपमा २९ महिनाअघि स्थापना गरेको सो केन्द्रको शुक्रबार औपचारिक रूपमा फेज आउट भएको हो । विराटनगरको होटल जेनियलमा केन्द्रले आयोजना गरेको समापन कार्यक्रममा केन्द्रका राष्ट्रिय सल्लाहकार शोभाकर बुढाथोकीले केन्द्रले हालसम्म गरेका कार्यक्रमहरूको जानकारी दिनुका साथै केन्द्रसँग सहकार्य गर्ने विभिन्न संस्था तथा व्यक्तिहरूलाई धन्यवाद समेत दिएका थिए । उनले केन्द्रको कार्यालय उठे पनि कार्यक्रमहरू मार्चसम्म रहने जानकारी दिए ।
२०६६ साल बैशाखमा स्थापना भएको उक्त केन्द्रले द्वन्द्वपछि शान्ति स्थापना गर्नका लागि महत्वपूर्ण भुमिका खेलेको सर्वधर्म समन्वय समितिका संयोजक तीर्थराज घिमिरेले बताए । केन्द्रले आफ्नो कार्यअवधिमा सुरक्षा, हिंसा, मानव अधिकारलगायतको क्षेत्रमा कार्य गरेको थियो । सम्वाद केन्द्रले आफ्नो कार्यालय उठेपछि उसले प्रयोग गर्दै आएको फर्निचरलगायतका सामाग्रीहरू सर्वधर्म समन्वय समिति र पूर्वाञ्चल क्षेत्रीय तालिम केन्द्रलाई उपलब्ध गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्