बृद्धबृद्धालाई औषधी र कपडा बितरण

बृद्धबृद्धालाई औषधी र कपडा बितरण

बिराटनगर ७ असोज । नेकपा एमाले वडा कमिटी बिराटनगर वडा नम्बर १३ ले आज बिराटेश्वर बृद्धाश्रमका बृद्ध बृद्धाहरुको निशुल्क स्वास्थ्य परिक्षण गराएको छ । बिराटनगर १३ मै रहेको आश्रमका ४० जना बृद्धबृद्धाहरुको निशुल्क स्वास्थ्य परिक्षण गराएको सो पार्टीले बिज्ञप्ती मार्फत जानकारी दिएको छ । बृद्धबृद्धाहरुको डाक्टर अमित सिंह, डाक्टर दिवाकर बिश्वास लगायतले स्वास्थ्य परिक्षण गर्नुभएको थियो । साथै बृद्धबृद्धाहरुलाई निशुल्क औषधी तथा कपडा वितरण गरिनुका साथै भोजन समेत गराइएको पनि बताइएको छ । बृद्धबृद्धाहरुलाई एक कार्यक्रमका बिच औषधी तथा कपडा बितरण गरीएको हो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्