दशै तिहार र छठलाई लक्षित गरी सुरक्षा योजना

दशै तिहार र छठलाई लक्षित गरी सुरक्षा योजना

विराटनगर , असोज १ ÷ नजिकिदै आएको दशैतिहार र छठजस्ता महान चाडवाडमा हुने अपराधलाई न्युनिकरण गर्न मोरङमा प्रशासनले थप योजना कार्यान्वयनमा ल्याएको छ ।
चाडवाडका वेला आर्थिक कारोवार वढि भएकोले लुटपाट गर्नेहरु पनि वढि सकृय हुनेभय हुनेभएकोले नागरिकको जीउधनको सुरक्षा गर्न प्रहरीको सहयोगमा प्रशासनले  थप योजना कार्यान्वयनमा ल्याएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले नागरिकको सुरक्षा सरकारको पहिलो दायित्व भएकोले चाडवाडलाई लक्ष्ति गर्दै सुरक्षाकालागि थप योजना ल्याईएको वताउनुभयो ।
यता प्रहरी कार्यालयका प्रहरी उपरिक्षक प्रधुम्नकार्कीका अनुसार विराटनगरमा मात्रै ५० जनाको टोली निरन्तर विषेश रुपमा परिचालन गरिएको छ । उनीहरुले किनमेल गर्ने देखी घुमफिर गर्ने सार्वजनिक स्थानमा हुने अपराधको निगरानी गर्नेगरेका छन । यसैगरि जिल्लामा सवै खाले अपराधको सुचना गोप्य रुपमा  संकलन गर्न प्रहरी निरिक्षकको कमाण्डमा  २० जनको विशेष टोली समेत परिचालन गरिएको छ ।
यसैगरि विराटनगर वजारमा थप ८ सुरक्षा पिकेटको व्यावस्था गरिएको छ भने चेकप्याईन्टहरु पनि वढाईएको छ । पिकेटमा २४ घण्टा प्रहरीहरु तैनाथ छन । प्रहरीले  साथै सुनचाँदी र वैक क्षेत्रमा विशेष निगरानी गरिरहेको उपरिक्षक कार्कीले जानकारि दिनुभयो  ।
प्रजिअ सुरेश अधिकारीका अनुसार यस वर्षको चाडवाडमा विभिन्न दवाव , प्रभाव वा वहानामा कुनैपनि खाले रमाईलो मेला र वम्पर उपहारहरु संचालन गर्न पाईने छैन । उहाँले भन्नुभयो , सकेसम्म खसी  र वम्पर उपहारलाई नियन्त्रण गर्नेछौ । ,,
चाडवाडका वेला सहर वजारमा मानिशहरु वेलुका वढि किनमेलकालागि निस्कने गर्ने भएकोले गर्दा । प्रशासनले यसलाई मध्यनजर गरेर नगरका ५ स्थानमा पैदल गस्ति वढाएको छ । भने नगरको १४ स्थानमा प्रहरीको  चेकप्वाईन्ट कायम गरेको छ । विभिन्न ४ वटा सर्चहरु टोलीहरु समेत निरन्तर रुपमा परिचालन हुनेछन ।
राजमार्गमा हुने सवारी दुर्घटना र अपराधलाई नियनत्रण गर्न हाईवे प्रहरी गस्ति टोलीलाई शसक्त्त वनाएर परिचालन गरिएको छ । सरकारी अफीसहरुको निगरानी वढाउनेमा पनि ध्यान दिईएको छ ।
चाडवाडको वहानामा मादक पर्दाथ सेवन गरेर होहल्ला गर्नेलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर सार्वजनिक ऐन अनुसार कार्वाही गर्नेछ । यसैगरि यो हुने जुवातास ,लंगुरवुर्जा(घिर्नी) आदि जुवाजन्य खेलहरु पुर्ण प्रतिवन्धित हुनेछन । पटाखाको वेचविखनलाई पनि प्रशासनले कडाई गरेको र उल्लंघन गर्नेलाई कार्वाही गर्ने समेत प्रधि अधिकारि बताउनुभयो छ । 

– अनिल श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्