स्काउटिङ तालिम आयोजना

स्काउटिङ तालिम आयोजना

विराटनगर ८ असोज ।नेपाल स्काउट परोपकार ओपन ट्रुप विराटनगर १ले स्काउटिङ तालिम आयोजना गरेको छ । तालिममा स्काउटका विद्यार्थी तथा तिनका अभिभावकहरुलाई स्काउटको परिचय, आवश्यकता र महत्व विषयमा जानकारी प्रदान गरिएको थियो । साथै तालिममा विद्यार्थी जीवनमा स्काउटको महत्व र समाज विकासमा यसले खेल्नु पर्ने भुमिकालगायतका विषयमा समेत छलफल गरिएको थियो । उक्त तालिममा सार्वजनिक मावि बैजनाथपुर, राधाकृष्ण मावि, परोपकार ओपन ट्रुपका दुई सय पचास जना सहभागीहरुको सहभागीता रहेको थियो ।कार्यक्रममा जिल्ला स्काउट मोरङका जिल्ला संगठन आयुक्त गोबिन्द कुमार, बेन्द्रिय सदस्य राधा कार्की, स्काउट शिक्षका सुशिला ढकाललगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा आयोजक ट्रुपले सक्रिय स्काउटहरुलाई सम्मान समेत गरेको थियो । सम्मानित हुनेहरुमा राधाकृष्ण मावि ट्रुपका बिनोद मारकण्डे, सार्वजनिक मावि ट्रुपका संविता राजवंशी र परोपकार ओपन ट्रुपका धिरेन साह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्