विराटलक्ष्मी विकास बैंकले १५% लाभांश दिने

विराटलक्ष्मी विकास बैंकले  १५% लाभांश दिने

बिराटनगर, ९ असोज । विराटलक्ष्मी विकास बैंकले गत आर्थिक बर्षको खुद मुनाफा मध्येबाट शेयरधनीहरुलाई १५% लाभांश दिन सिफारिश गरेको छ । त्यसमध्ये १०% नगद लाभांश र ५% बोनश शेयर वितरण गर्न प्रस्ताव गरिएको बैंकका कार्यकारी अध्यक्ष प्रभु प्रसाद पराजुलीले बताउनुभयो । बैंकले आ.व. ०६७।६८ मा गरेको संचालन मुनाफा रु.४ करोड ८६ लाख ४४ हजार मध्ये रु. ३ करोड ९ लाख ५६ हजार खुद मुनाफा रहेको छ । जुन अघिल्ला बर्षको तुलनामा ५२ % भएको बैकले जनाएको छ । यस अवधिमा बैंकले अघिल्लो बषएको तुलनामा ४० प्रतिशतले बढी १ अर्व ७६ करोड ३० लाख ३६ हजार निक्षेप परिचालन गरेको र १ अर्व २८ करोड ४४ लाख ६३ हजार कर्जा लगानी गरेको पनि जनाएको छ । बैंकको निष्कृय कर्जा अनुपात ०.७५% मात्र रहेको, पुँजीकोष अनुपात १२.७१%, कुल कर्जा निक्षेप अनुपात ७३%, रहेको बताइएको छ । केन्द्रिय कार्यालयका अतिरिक्त पुर्वका ११ स्थानमा शाखा विस्तार गरिसकेको बैंकले दशै लगत्तै मोरङ्गको पुष्पलालचोक र झापाको विर्तामोड गरी थप २ शाखा विस्तार गर्न लागेको पनि जनाएको  छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्