लिम्बुवानको कार्य समिति चयन

लिम्बुवानको कार्य समिति चयन

विराटनगर असोज ९ । लिम्बुवान मुक्ति मोर्चाको आज बिराटनगरमा सम्पन्न भेलाले ओमनारायण राजधामीको अध्यक्षतामा ३५ सदस्सिय नया कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षत्रयमा दुर्गा सहनी, सागर लिम्बु, कर्ण नेम्वाङ, त्यसैगरी सचिवमा मोहमद मजेवुल मिया, सहसचिबत्रयमा बुद्धि पन्दा, जोशी ज्वाला फियाक, महेन्द्र महतो र कोषाध्यक्षमा ओम विक (राजन) रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा कलम मोक्तान, गौरे लिम्बु, धनेन्द्र चेम्जोङ, रामकुमार राई, शान्ता लिम्बु, तुलसा खवास लगायत रहनुभएको छ । विद्रोही क्रान्तिकारी कम्युनिष्ट पार्टी को अर्डिनेशन केन्द्र र संघिय लिम्बुवान राज्य परिषद एकता संयोजन समिति र लिम्बुवान मुक्ति मोर्चा विच एकता भएपछि मोरङमा भएको यो पहिलो भेलाले नया नेतृत्व चयन गर्नुका साथै एकताको संदेश दिनका लागि भेला आयोजना गरीएको मोर्चाका केन्द्रीय महासचिब पदम अधिकारीले जानकारी दिनुभयो । साथै भेलाले महगी, भ्रष्टाचार नियन्त्रण गरी शान्ति स्थापना गर्न पहल गर्ने, स्थानिय निकायको निर्वाचनको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्