चारबुँदे सम्झौतालाई राष्ट्रघाती भन्न मिल्दैन : निधि

चारबुँदे सम्झौतालाई राष्ट्रघाती भन्न मिल्दैन : निधि

विराटनगर, ९ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले शान्ति प्रक्रियाका विषयमा माओवादी र कांग्रेसबिच रहेका धेरै विवादित मुद्दामा टुंगो लागिसकेको दाबी गर्नुभएको छ । आज बिराटनगरमा प्रेस युनियनले गरेको पत्रकार सम्मलेनमा उहाले लडाकुको दर्जा निर्धारण, शिविर पूर्ण रूपमा खाली, कब्जा सम्पत्ति फिर्ता र वाईसीएलको अर्धसैनिक संरचना भंगको विषयमा मात्रै सहमति हुन बाँकी रहेको खुलासा गर्नुभयो । उहाले त्यस बिषयमा पनि बिस्तारै सहमती बन्ने धारणा राख्नुभयो । अर्को एक प्रसंगमा नेता निधीले माओवादी र मधेसी मोर्चाबीच भएको चारबँुदे सम्झौता राष्ट्रघाती नभएको बताउनुभएको छ । माओबादीकै बैद्य समु्ह र कांग्रेस एमालेले सहमतीको बिरोध गरीरहेका बेला उहाले कांग्रेसले चारबुँदे सम्झौतालाई राष्ट्रघाती निर्णय भनेर आधिकारिक निर्णय नगरेको प्रस्ट पार्नुभयो । उहाले सेनामा जनजाति, आदिवासी, महिलाको समेत प्रवेश भइसकेकाले मधेसीलाई पनि सेनामा प्रवेशमा रोक लगाउन नहुने तर्क प्रस्तुत गर्नुभयो । त्यस्तै उहाले पार्टीको भातृ ंगठन बिघटन गर्ने सभापति शुसिल कोइरालाको निर्णण अलोकतान्त्रिक र अपरिपक्व भएपनि यसले पार्टी नफुट्ने दाबी गर्नुभयो । उहाले सभापति कोइराला र बरिष्ठ नेता देउवा बिच बिगतमा भएको सहमती कार्यान्वयन भए समस्या समाधान हुने धारणा राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्