नेपालमा बाताबरण सम्बन्धि बिश्व अन्तराष्ट्रिय सम्मेलन हुने

नेपालमा बाताबरण सम्बन्धि बिश्व अन्तराष्ट्रिय सम्मेलन हुने

बिराटनगर ९, असोज । बाताबरण मन्त्री हेमराज तातेडले, बाताबरण प्रदुशण नियन्त्रणका लागी बिश्व जनमत तयार गर्न चाडैनै नेपालले बाताबरण सम्बन्धि बिश्व अन्तराष्ट्रिय सम्मेलन गर्न लागेको बताउनु भएको छ । बिराटनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाले सम्मेलनको तयारीका लागी मन्त्रालयले कार्य शुरु गरेको जानकारी दिनुभयो । उहाले त्यस सम्मेलनमा हिमालसंग जोडीएका देशहरुको सहभागीत रहने पनि बताउनु भयो । उहाले ध्वनी प्रदुशण नियन्त्रणका लागी सरकारले छुटै कानुन ल्याउन लागेको जानकारी दिदै कानुन निर्माणका लागी कार्यदल गठन भई सकेको समेत बताउनु भयो । बाताबरण मन्त्रालयमा बजेटको अभाव तथा सिमीत श्रोत साधन भएका कारण काममा कठिनाई हुने गरेको उल्लेख गर्दै बजेट बढाउन सके मन्त्रालय लाई अझ प्रभावकारी रुपमा काम गर्न सहज हुने धारणा राख्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्