रेडियो कार्यक्रम उत्पादन तालिम सम्पन्न

रेडियो कार्यक्रम उत्पादन तालिम सम्पन्न

विराटनगर, ९ भदौ । नेपाल प्रेस इन्स्टिच्युटले आयोजना गरेको दश दिने रेडियो कार्यक्रम उत्पादन तालिमका प्रशिक्षार्थीहरुलाई सोमबार प्रमाणपत्र वितरण गरिएको छ । गत भदौ १८ गते देखि २७ गतेसम्म आयोजना गरेको तालिममा सहभागी दश जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए । रेडियो कार्यक्रम उत्पादनसम्बन्धि उक्त तालिममा सहभागीहरुलाई सन्देश दास श्रेष्ठ र अर्जुन उप्रतीले तालिम दिएका हुन् । तालिममा सहभागीहरुलाई रेडियोका लागि समाचार लेखन तथा बाचन, रेडियो कार्यक्रम उद्घोषण तथा स्टेज उद्घोषण, रेडियो रिपोर्ट, फिचर, भक्स पप, रेडियो प्रोफाइल र विभिन्न प्रकारका कार्यक्रमहरुको उत्पादन तथा प्रस्तुतिकरणको सिपहरु सिकाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्