सरकारी सुपथ मुल्यका पसलहरु प्रभाकारी भएनन्

सरकारी सुपथ मुल्यका पसलहरु प्रभाकारी भएनन्

विराटनगर, १२ असोज/ सरकारले घोषणा गरेको राहत कार्यक्रम अन्तर्गत स्थान गरिएका सुपथ मुल्यका पसलहरु प्रभाकारी रुपले सञ्चालन हुन नसकेको पाइएको छ।जिल्ला प्रशासन कार्यालय मोरङमा असोज १० गतेको बैठकले सरकारबाट अनुदान लिएका उपभोक्ता सहकारी संस्थाहरुलाई सुपथ मुल्यको पसल सञ्चालन गर्न दिने निर्णय भएको थियो । जिल्ला प्रशासन कार्यालय, सहकारी डिभिजन, साल्टटे«डिङ, नेशनल ट्रेडिङ र सहकारीका प्रतिनिधिहरुसहितको बैठकले विराटनगरमा ४ वटा र ग्रामिण क्षेत्रमा १६ वटा सुपथ मूल्यका पसलहरु सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । विराटनगरमा रोडशेष चौकमा रहेको स्टार बहुउद्देश्यीय सहकारी, तीनपैनी चौकमा रहेको जनहित सहकारी, बसपार्कमा रहेको राष्ट्रसेवक सहकारी र विराटनगर १९ मा रहेको सम्बृद्धि महिला सहकारीले सुपथ मुल्य पसल सञ्चालन गर्ने जिम्मा पाएका छन । विराटनगरमा सुपथ मूल्यका पसल सञ्चालन भएपनि ग्रामिण क्षेत्रमा रहेका सहकारीहरुले भने सरकारले तोकेको मूल्यमा नुन र चिनी उपलब्ध गराउन नसक्ने भन्दै पसल सञ्चालनमा ल्याएका छैनन् । सरकारले दशै, तिहार र छठपर्वमा नुन, चिनी, चामलसहित खाद्यान्न उपभोक्तालाइ सुपथ मुल्यमा उपलब्ध गराउन सस्तो मूल्यको पसल सञ्चालनमा ल्याएको हो । सुपथ मुल्यका पसल सञ्चालन गर्ने सहकारीले नगरपालिकाभित्र नुन प्रतिकेजी १४ रुपैयाँ र चिनी प्रतिकेजी ६० रुपैयाँ तथा ग्रामिण क्षेत्रमा नुन प्रतिकेजी १४ रुपैयाँ रुपैया ५० पैसा र चिनी प्रतिकेजी ६० रुपैयाँ ५० पैसामा बिक्री गर्नुपर्ने मूल्य तोकिएको छ । ग्रामिण क्षेत्रमा सुपथ मुल्य पसल सञ्चालन गर्न जिम्मा पाएका सहकारीहरुले खरिद मुल्य र बिक्री मूल्यको अन्तर थोरै भएकोले ढुवानी खर्चसमेत नपुग्ने भन्दै पसल सञ्चालन गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्