वैद्यपक्षद्वारा रक्षामन्त्रीको पुत्ला दहन

वैद्यपक्षद्वारा रक्षामन्त्रीको पुत्ला दहन

विराटनगर, १२ असोज । एककृत नेपाली कम्युनिष्ट पार्टी माओवादी मोहन वैद्य पक्षधर कार्यकर्ताहरुले विहिबार साँझ विराटनगरमा रक्षा मन्त्री शरद सिह भण्डारीको पुत्ला दहन गरेका छन् । रक्षा मन्त्री शरद सिह भण्डारीले तराईको बाइस जिल्ला टुक्रिन सक्ने भनि दिईएको अभिव्यक्ति विरुद्ध उनीहरुले पुत्ला दहन गरेका हुन् ।
पुत्ला दहनअघि गरिएको सभालाई सम्वोदन गर्दै एनेकपा माओवादीका जिल्ला कमिटि सदस्य कविराज घिमिरेले मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर देशलाई टुक्रयाउने अभिव्यक्ति दिनु लज्जास्पद भएको बताए । उनले भने ‘भण्डारीको विरुद्ध आफुहरु कडा आन्दोलनमा उत्रीने छौ ।’ आन्दोलनको कार्यक्रम अन्तर्गत आज शुक्रबार नौ देखि दश बजेसम्म एक घण्टा चक्का जाम गरिने र १४ गते शनिवार साँझ राँके जुलुस प्रदर्शन गरिने वैद्यपक्षले सभाबाटै सार्वजनिक गरेको छ । सभामा रामचन्द्र महतो, जयराम सुनदासलगायतले आफ्नो भनाई व्यक्त गरेका थिए ।
वैद्यपक्षले भण्डारीको अभिव्यक्तिविरुद्ध वैद्यपक्षले विहिवार देशभर प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्