डिएभी ‘दशै फेस्टिभल’ मनाउदै

डिएभी ‘दशै फेस्टिभल’ मनाउदै

विराटनगर, १२ असोज । विजया दशमीको अवसरमा डिएभी स्कुलले शुभकामना आदानप्रदान गर्दै विद्यार्थी तथा अभिभावकहरु बिच ‘दशै फेस्टिभल’ मनाएको छ । ‘दशै फेस्टिभल’ डिएभीले दुई दिने कार्यक्रम अन्तर्गत गायन प्रतियोगिता, फेन्सी ड्रेस शो, साँस्कृतिक कार्यक्रम, फुड फेस्टिभललगायतका कार्यक्रमहरु सार्वजनिक गरेको छ । यसै अन्तर्गत विहिवार कक्षा पाँच, छ र सात बिच एकल गायन प्रतियोगिता तथा फेन्सि ड्रेस शो सम्पन्न भएको छ । आज शुक्रबार कक्षा आठ, नौ र दशका विद्यार्थीहरुबिच गायन प्रतियोगिता र विभिन्न परिकारका भोजनहरु समावेश गरि फुड फेस्टिभल आयोजना गरिने डिएभीका प्रिन्सिपल रमेश कुमार मिश्रले जानकारी दिए । उनको अनुसार नेपालीहरुको महान् चाड दशैको शुभकामनासँगै बालबालिकाहरुलाई यसको विशेषता जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
विहिबार भएको फेन्सी ड्रेस प्रतियोगितामा नर्सरीबाट प्रित श्रेष्ठ, एलकेजीबाट प्रिन्स, युकेजीमा ऐश्वर्य अग्रवाल, एकबाट ऋतु अधिकारी र दुईबाट ऋषि तरफदार प्रथम भएका छन् । त्यसै गरि एकल गायन प्रतियोगिता तर्फ राहुल यादव प्रथम, यसप्रतिक सिह र प्रतिक्षा कर्ण दोश्रो तथा यसराज कुँबर तेस्रो भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्