नेपालद्वारा नवरात्री पुजा आयोजना

नेपालद्वारा नवरात्री पुजा आयोजना

विराटनगर, १४ असोज । विजया दशमीको अवसरमा नेपाल बन्धु समितिले विराटनगर ४ स्थित मालविका स्कुल छेउ नव रात्री पुजा २०६८को आयोजना गरिरहेको छ । समितिले दशैमा टिकाका लागि प्रयोग हुने जमरा राखि धार्मिक अनुष्ठान गरिरहेको उक्त नवरात्री पुजाका संयोजक तथा नेपाल वंश कुलपुजा समितिका अध्यक्ष हेमन्तराज नेपालले बताए । उनले नेपाल समाजका सदस्यहरुले चण्डी पाठ, भजन किर्तन, रागमाला गायनलगायतका कार्यक्रमहरु गरिरहेको जानकारी दिए । नेपाल वंशको उत्थानका लागि यसै गरि प्रत्येक वर्ष यस्ता कार्यक्रमहरु आयोजना गरिने लक्ष्य राखिएको उनले बताए । समितिका सदस्य यादव खनालका अनुसार विभिन्न पुजा विधी अनुसार घटस्थापनाका दिन राखिएको जमरा विजया दशमीको दिन निकालि वितरण गरिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्