दसैँमा जेष्ठ नागरिकले भत्ता पाएनन्

दसैँमा जेष्ठ नागरिकले भत्ता पाएनन्

बिराटनगर , असोज १५ । जिल्ला विकास समिति सप्तरीले सामाजिक सुरक्षा भत्तासम्बन्धी गृहकार्य भइरहेको भन्दै रकम निकासा नदिएपछि जेष्ठ नागरिक, असहाय, विधवाले दसैँका बेला भत्ता नपाउने भएका छन् । प्रत्येक वर्ष दसैँमा भत्ता बुझ्दै आएका वृद्धवृद्धाहरू यस वर्ष जिविसले भत्ता निकासी नगरिदिँदा रित्तै घर फर्कन बाध्य बनेका हुन् ।  स्थानीय विकास मन्त्रालयले भदौ ९ गते पठाएको चलानी नंबर १०१ को परिपत्र जिविसले असोज १० गते जारी गर्दै बैकिङ् प्रणालीमार्फत भुक्तानी दिने व्यवस्था मिलाउन भनेपछि भत्ता वितरणमा विलम्ब भएको हो ।साठी वर्षभन्दा मुनिका एकल महिलाको समेत तथ्याङ्क सङ्कलन गरी असोज १५ गतेभित्र पठाउन र बैकिङ् प्रणालीमार्फत भुक्तानी दिने व्यवस्था मिलाउन एक्कासी जिविसले निर्देशन दिएपछि जेष्ठ नागरिकहरू दसैँमा भत्ता सुविधाबाट वञ्चित हुनुपरेको राजविराज नगरपालिकाका पञ्जिकाधिकारी सत्यनारायण पण्डितले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्