मोरङ काँग्रेसको चियापान

मोरङ काँग्रेसको चियापान

बिराटनगर , असोज १५ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले अहिलेको प्रमुख एजेण्डा भनेको शान्ती प्रक्रिया भएको बताउनु भएको छ । उहाँले अहिले सरकार भन्दा शान्ति प्रक्रियालाइ केन्द्र बिन्दुमा राखेर काम गर्नु पर्ने बताउनु भयो । मोरङ काँग्रेसले बिजयादशमी , शुभ दिपावली तथा छठ पर्बको अवसरपारि आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेतृ कोइरालाले सो कुरा बताउनु भएको हो । उहाँले शान्तिप्रक्रिया र संबिधान निर्माणमा दुर्गा भवानी माताले शक्ति दिउने भन्ने पनि कामना गर्नुभयो । सोही कार्यक्रममा काँग्रेस नेता तथा सभाषद शेखर कोइरालाले शान्ति प्रक्रियालाइ तार्किक निश्कर्षमा पु¥याउन लडाकुको टुङ्गो पहिला लगाउनु पर्ने बताउनु भयो । उहाँले लडाकुको दर्जा निर्धारण , संख्या र मोडालिटी निर्धारण कार्य चुनौतिपूर्ण भएपनी दलहरुबीचमा घनिभूत छलफल गरि निश्कर्षमा पुग्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा सभाषद कबिता सरदार , मोरङ काँग्रेस सभापति अमृत अर्याललगायतले बोल्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्