जन्मोत्सवका अवसरमा एल्बमको विमोचन

जन्मोत्सवका अवसरमा एल्बमको विमोचन

विराटनगर, २४ असोज । साहित्यकार नवराज सुब्बाको ‘प्रतिबिम्ब भाग–२ एल्बमको विराटनगरमा विमोचन गरिएको छ ।
एल्बमको विराटेश्वर श्रृद्धाश्रमका अध्यक्ष जगत अर्याल र श्रृद्धाश्रमका सबैभन्दा बढी उमेरका ९३ वर्षीय वृद्ध जगतबहादुर धमलाले संयुक्त रूपमा विमोचन गरेका थिए । प्रतिबिम्ब–२ एल्बममा भिडियो, श्रव्य दृश्य र अभिलेख समावेश गरिएको एल्बमका सम्पादक कौशलराज सुब्बाले जानकारी दिए । साहित्यकार सुब्बाले आफ्नो पचासौं जन्मोत्सवको अवसर पारेर वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई नगद र भोजनसमेत गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्