विराटनगर, २३ असोज| नेपाल पत्रकार महासंघ मोरङका सल्लाहाकार एवं स्थानीय दर्शन दैनिकका सम्पादक शिवबहादुर कार्कीमाथि विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत रामाधीन यादवले दुव्यवहार गरेकोमा नेपाल पत्रकार महासंघ मोरङ शाखाले खेद व्यक्त गरेको छ ।
यही असोज १५ गते एकिकृत नेकपा माओवादीको तीनपैनी स्थित पार्टी कार्यालयमा भएको चियापान कार्यक्रममा उपस्थित भएका सम्पादक कार्कीले स्थानीय पत्रपत्रिकालाई दिइने सुविधाको विषयमा कुरा गर्ने क्रममा कार्यकारी अधिकृत यादवले अपशब्द प्रयोग गर्दै गालीगलौज गर्नु आफैंमा अमर्यादीत र उश्रृंखल व्यवहार भएको महासंघ मोरङका सचिव गोकुल पराजुलीद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।
सार्वजनिक पदभार सम्हाल्ने व्यक्तिबाट मर्यादालाई समेत ख्याल नगरी उद्दण्ड शैलीमा पत्रकारमाथि भएको अपशब्द र गालीगलौजले सम्पूर्ण पत्रकारको पेशामाथि नै चोट पु¥याएको महासंघले निष्कर्ष निकाल्दै कार्यकारी अधिकृत यादवले सार्वजानिक माफी मागी कमजोरीलाई सच्याउन पनि आग्रह गरेको छ ।
पत्रकार महासंघ मोरङका अध्यक्ष विक्रम निरौलाले कार्याकारी अधिकृत यादवले माफी नमागे चरणबद्ध आन्दोलन थाल्ने बताए ।