सामूदायीक भवन निर्माणकालागि सप्ताह ज्ञानमहायज्ञ हुने

सामूदायीक भवन निर्माणकालागि सप्ताह ज्ञानमहायज्ञ हुने

विराटनगर ,असोज २५ । सामूदायीक भवन निर्माणकालागि राष्ट्रशान्ति सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिने भएको छ । मोरङको टंकीसिनुवारी ३ र विराटनगर ४ को सिमानामा रहेको मानगढमा उक्त महायज्ञ हुन लागेको हो । सप्ताह ज्ञानमहायज्ञको आयोजक समितिका अनुसार असोज २७ गते विभिन्न बाजागाजा र झाकी सहित १००८ कलश शोभायात्रा निकालिने छ । ज्ञानमहायज्ञ असोज २८ गतेदेखि कार्तिक ४ गतेसम्म सञ्चालन हुने आयोजकले बताए । यज्ञको उद्घाटन सुनसरीे चतराधामका पिठाधिस डा श्रीकृष्ण दासजी महाराजबाट गरिने भएको छ । महायज्ञमा पण्डीत कृष्णप्रसाद गुरागाईंले श्रीमद्भागवत कथाबाचन र पंडीत कृष्ण ढकालले पाठपारायण गर्ने आयोजकले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्