कांग्रेसको पुर्व जिल्ला सचिवकै घरमा जुवाको अड्डा

कांग्रेसको पुर्व जिल्ला सचिवकै घरमा जुवाको अड्डा

विराटनगर २५ असोज । नेपाली कांग्रेस मोरङका पुर्व मोरङ सचिब पिताम्बर दाहाल सहित १३ जनालाइ जुवा खेल्दै गरेको अबस्थामा मोरङ  प्रहरिले मंगलबार राती पक्राउ गरेको छ ।
 विराटनगर उपमहागरपालीका  ११ स्थित मधुमारामा रहेको आफ्नै घरमा दाहालले जुवाघरकै रुपमा जुवाको खाल संचालन गर्दै  आएको प्रहरीले बताएको छ ।  घरधनी दाहाल र उनका छोरा सहित १३ जना जुवाडेलाई  प्रहरीले  जुवा खेल्दा खेल्दै नगद रुपैया सहित पक्राउ गरेका हो  ।  दाहालको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापामारी खालबाट ६५ हजार पाँचसय रुपैया सहित उनीहरुलाई  घर घेराहाली पक्राउ गरेका मोरङका प्रहरी प्रमुख प्रध्ुम्न कार्कीले बताउनुभएको छ ।       पक्राउ पर्नेहरुमा धरधनी दाहालसहित विराटनगरमा विभिन्न पेशा व्यावासायमा संलग्नहरु रमेश राई , विक्रम तेली , मुन्ना सिँह , अरविन्द रौनियार , सरोज खनाल , निरज दहाल , गोपाल मण्डल , सुरज दहाल , किरण आर्चाय चेवान घिमिरे , हरिभट्टराई , विक्रम तेली , र सुशिल सुवेदी लगायत छन ।    पक्राउ गरिएका सवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र  जुवा ऐनअन्र्तगत कार्वाही चलाईने प्रधुम्न कार्कीले वताउनुभएको छ । 
 प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा चाडवाडको वहानामा जुवातास खेल्ने खेलाउनेहरु विरुद्ध कडाई गरेको अबश्थामा मंगलबार कोजाग्रत पुर्णिमाको दिन उनीहरुलाइ पक्राउ गरेको हो । चाडवाडको वहानामा वम्पर उपहार खोल्ने , रमाईलो मेला संचालन गर्ने , कार्यमा समेत प्रतिवन्ध लगाएको कार्कीले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्