कोशी अञ्चल अस्पताल आज आंशिक बन्द

कोशी अञ्चल अस्पताल आज आंशिक बन्द

 विराटनगर, २५ अशोज । विराटनगरका आ“खा रोग विशेषज्ञ रुद्रराज तिम्सिनाको निधनको शोकमा आज कोशी अञ्चल अस्पताल आंशिक बन्द भएको छ । अस्पतालको प्रशासन पुर्ण रुपमा बन्द भएपनि बहिरंग बिभाग आशिंक रुपमा मात्रै खुलेको छ । डाक्टर तिम्सिनाको निधनको शोकमा अस्पतालका चिकित्सक र कर्मचारीले कार्यालयमा हाजिर नभएका हुन् । केही चिकित्सकहरु मात्रै बहिरंग बिभागमा उपस्थित भएर बिरामी जा“चेका छन् । चिकित्सकहरु शोक मनाउन काम नगरेको अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष डाक्टर सुधिर श्रेष्ठले बताउनु भयो । चिकित्सक संघ कोशीका पूर्व महासचिव डाक्टर तिम्सिनाको हिजो निधन भएको थियो । अस्पताल विकास समिति कर्मचारी युनियनका केन्द्रीय अध्यक्षसमेत रहेका डाक्टर तिम्सिनाको क्यान्सरका कारण ४६ वर्षको उमेरमा निधन भएको हा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्