सनपाटको मुल्य घटेपछि किसानहरु मारमा

सनपाटको मुल्य घटेपछि किसानहरु मारमा

विराटनगर २५ असोज । जुटका बोरा बनाउन प्रयोग गरिने सनपाटको मुल्य घटेपछि किसानहरु मारमा परेका छन् ।
पुर्बाञ्चलका सुनसरी,मोरगं,झापा,सप्तरी,सिराहालगायतका जिल्लालाइ सनपाटको लागि पकेट एरिया मानिएको छ । गत बर्ष सम्म प्रतिकिलो ४० रुपैयामा बेच्ने गरेको सनपाटको मुल्य यसवर्ष प्रतिकिलो ३० रुपैयामा पनि
नबिकेको मोरङ्गका सनपाट किसान असोक सरदारले बताउनु भयो ।  किसानहरु सनपाट खेतीबाटै पलायन हुने अवस्थामा पुगेका छन् । सनपाट खेतीमा बढी समय र मेहेनत लाग्ने तर सोअनुसार खेती नहुने हुँदा समस्या भएको उनीहरुको गुनासो छ ।
सनपाट चैत वैशाखमा रोपेर साउन भदौमा काट्ने गरिन्छ । काटेपछि सनपाटलाई बोक्रा छिमलेर १५ दिन जति हिलो पानीमा डुबाएर राखिन्छ । कुहिएको सनपाटलाई ताछेर जुट निकालिन्छ, जसलाई गाउँकै ठेकेदारलाई किसानहरुले बेच्ने गर्छन् भने ठेकेदारहरुले उद्योगसम्म आपूर्ती गर्ने गर्छन् ।
गतवर्षकै स्टक रहेको भन्दै ठेकेदारले नलिएपछि र भाउ नपाएपछि कतिपय किसानले त सनपाट खेती नै गर्न छाडेको समेत शदानन्ध यादव किसानले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्