अपराधि पत्ता नलागेपछि आन्दोलनको घोषणा

<span class='c1'>अपराधि पत्ता नलागेपछि</span> <span class='c2'>आन्दोलनको घोषणा</span>

बिराटनगर, २६ असोज । इस्लामिक संघका महासचीव फैजान अहमदको हत्या भएको दुई हप्ता बितिसक्दा पनि हत्यारा पत्ता नलगाएको र क्षतीपूर्ती समेत नदिएको भन्दै फैजान संघर्ष समिति मोरङ्गले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । फैजानको हत्यारा पत्ता लगाउन र फैजान परिवारलाई राहत दिन सरकार गम्भीर नभएको भन्दै गठित संघर्ष समितिले भोली बिराटनगरका बिभिन्न ६ स्थानमा चक्काजाम तथा आगामी कार्तिक २ गते जिल्ला प्रशासन कार्यालय घेराउ सहित कोणसभा गर्ने कार्यक्रम सार्बजानिक गरेको हो । उता असोज २९ गतेदेखि देशव्यापी आन्दोलन गर्ने केन्द्रिय संघर्ष समितिका सदस्य जाकिर हुसैनले जानकारी दिनुभयो । सरकारले फैजानको हत्यारालाई पक्राउ गर्ने, फैजानलाई शहीद घोषणा गर्ने लगायतका प्रतिबद्धता गरेपनि पुरा नगरेको भन्दै फैजान परिवार र इस्लामिक संगठनहरुले विरोध गर्दै आएका छन् । गृहमन्त्रीले नै आफुहरुलाई आश्वासन मात्र दिएर गुमराहमा राखेको उनीहरुले आरोप लगाएका छन् । फैजानको राजधानीमा गत असोज ९ गते अज्ञात बन्दुक धारीले हत्या गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्